२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

स्वास्थ्य सामग्री खरिदबारे लेखा समितिले थाल्यो छानबिन

आइतबार १४, बैशाख २०७७ ०४:४३

स्वास्थ्य सामग्री खरिदबारे लेखा समितिले थाल्यो छानबिन

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विवादास्पद ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिद गर्दा भएको भनिएको अनियमिताबारे छानविन थालेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि स्वास्थ्य सेवा विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग स्वास्थ्य सामाग्री खरिदको सम्झौता गरेको थियो ।

विना प्रतिस्पर्धा महंगो मूल्यमा खरिद गरेको प्रश्न उठेपछि सरकारले हतारमा सम्झौता रद्द गरिएको थियो ।

यसबारे छानविन गर्न आवश्यक देखिएको लेखा समितिको ठहर छ । समितिले यसका लागि खरिद प्रक्रियामा भएको सबै कागजपत्र सात दिनभित्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई पत्र काटेको छ ।


#छानबिन

प्रतिकृया दिनुहोस