२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

प्रतिनिधिसभामा विरोधका बीच अध्यादेश पेश

बुधबार २३, भदौ २०७८ ०५:५९

प्रतिनिधिसभामा विरोधका बीच अध्यादेश पेश

काठमाडाैं । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ पेश गरेका छन् ।

प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अवरोध सुरु गरेपछि यसअघिका दुई बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त अध्यादेश पेश गर्न समय दिएका थिए । सभाको अर्काे बैठक यही भदौ २५ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ । 


प्रतिकृया दिनुहोस