२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

आज २ बजे मन्त्रिपरिषद् बैठक, लकडाउनबारे निर्णय हुने

आइतबार १४, बैशाख २०७७ ०९:५३

आज २ बजे मन्त्रिपरिषद् बैठक, लकडाउनबारे निर्णय हुने

काठमाडौ। लकडाउन लम्ब्याउने वा खुकुलो बनाउने भन्नेबारे निर्णय गर्न मन्त्रिपरिषद्‍को बैठक दिउसो २ बजे बस्दैछ।

सरकारले जारी गरेको लकडाउनको अवधि वैशाख १५ (भोली) सकिदैछ । शुक्रबारको मन्त्रिपरिषद्‍ बैठकमा नै लकडाउन बारे छलफल भएको थियो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकमा लकडाउनको अवधि बढाउनेबारे छलफल भएको थियो। समिति अन्तर्गत गरेको मुख्यसचिव नेतृत्वको कार्यदलले पनि एक हप्ता लकडाउन थप्न सिफारिस गरिसकेको छ।

चैत ११ गतेदेखि सरकारले लकडाउन सुरु गरेको हो। आन्तरिक र बाह्य हवाई उडानमा जारी प्रतिबन्धलाई जेठ २ गतेसम्म लम्ब्याइसकिएको छ।

संक्रमण देखिएका र नदेखिएका क्षेत्रहरु छुट्याएर उद्योग धन्दा तथा कलकारखाना खोल्नेगरी लकडाउन खुकुलो बनाउने भन्ने विकल्पमा पनि छलफल भइरहेकाे बताइएकाे छ । उदयपुरलगायतका स्थानमा अझै संक्रमण देखिएकाले नेपाल कोभिड संक्रमण प्रसारको खतराबाट मुक्त भइनसकेको निष्कर्ष सरकारको छ।


प्रतिकृया दिनुहोस