२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

भदौ २३ मा संसद अधिवेशन आह्वान, एमसीसी अनुमाेदन हाेला ?

आइतबार २०, भदौ २०७८ ०८:५३

भदौ २३ मा संसद अधिवेशन आह्वान, एमसीसी अनुमाेदन हाेला ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी छन् ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी हुन् । यसअघि सरकारले साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेर भोलिपल्ट दल विभाजनलाई सहज हुने गरी रजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएको थियो ।

अध्यादेशअनुसार दल विभाजन भई नयाँ दर्ता भएका दल रोज्न प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिइएको छ । त्यसको भोलिपल्ट सरकारले संसद अधिवेशन आह्वानको सिफारिस गरेको हो ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता भएको ४ वर्ष पुग्ने दिन भदौ २९ भित्रै अनुमोदन गराउन अधिवेशन बोलाइएको स्राेतकाे भनाइ छ। 

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौता अनुमोदन गराउने मनस्थितिमै अघि बढेपछि सत्ता गठबन्धन दलबीच विभाजन आउन नदिन मध्यमार्गी जुक्ति निकालिएको छ । त्यसैले सम्झौताका विवादित विषयमा प्रस्ट पार्न एमसीसी मुख्यालयलाई पत्राचार गरिएको छ ।


प्रतिकृया दिनुहोस