२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

सुदूरपश्चिमका १० जना प्रदेश सांसदले राेजे एकीकृत समाजवादी

- विशेष खबर मङ्गलबार १५, भदौ २०७८ ०५:२७

सुदूरपश्चिमका १० जना प्रदेश सांसदले राेजे एकीकृत समाजवादी

धनगढी । एमाले सुदूरपश्चिमका १० जना प्रदेश सांसदले नेकपा(एकीकृत समाजवादी) पार्टी रोजेका छन् । प्रदेशसभामा एमालेका कूल २४ जना सांसद (सभामुख बाहेक) मध्ये १० सांसदले मंगलबार एमाले छाड्दै नवगठित नेकपा (एस) रोजेका हुन् ।

नेकपा एमालेकोतर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा सुदूरपश्चिम प्रदेश निर्वाचन आयोगको कार्यालय धनगढीमा उपस्थित भएर नेकपा (एस) पार्टी रोजेर सनाखत गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गर्नेहरुमा हाल मन्त्री रहेकाहरु पूर्णा जोशी, लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, सांसद्हरू माया भट्ट, सुशिला बुढाथोकी, कूलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारी रहेका छन् ।

नेकपा(एस)मा भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारी, पूर्व प्रमुख सचेतक तारा लामा तमाङ र अर्थ राज्यमन्त्री अर्चना गहतराजले पनि सनाखत गर्ने मन्त्री जोशीले बताइन् ।


#सुदूरपश्चिम #एकीकृत समाजवादी

प्रतिकृया दिनुहोस