२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

१४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाकाे घोषणा

- विशेष खबर सोमबार १४, भदौ २०७८ ०१:३६

१४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाकाे घोषणा

काठमाडौं । कांग्रेस नेता गगन थापाले पार्टीको १४औं  महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन् । काठमाडौं महानगरपालिका ३० को कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।

'आज हामी १४औं महाधिवेशनको प्रारम्भमा छौं । यसअघिको महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धा गरेँ । यो महाधिवेशनमा अहिलेसम्म अनुमानहरू भए । उम्मेदवारी घोषणाका लागि योभन्दा अर्को पवित्र स्थान हुँदैन,' थापाले भने, ' मेरो बडा र अग्रजहरूबीचमा बडो गौरवका साथ १४औं महाधिवेशनमा नेपाली कांग्रेसको महामन्त्रीको घोषणा गर्छु ।'

कांग्रेस केन्द्रीय सदस्य रहेका थापा १३औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका उनले ५८४ मत पाएका थिए । उनीसँग अर्जुननरसिंह केसी पनि प्रतिस्पर्धामा थिए । तर रामचन्द्र पौडेल समूहका डा. शशांक कोइराला निर्वाचित भएका थिए ।


#गगन थापा

प्रतिकृया दिनुहोस