२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

माधव नेपाल सहितका नेताहरू चन्द्रागिरी रिसोर्टमा

- विशेष खबर सोमबार ०७, भदौ २०७८ ०५:४१

माधव नेपाल सहितका नेताहरू चन्द्रागिरी रिसोर्टमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) दर्ताको चरणमा रहेका नेता माधवकुमार नेपाल सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका छन्।

बुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला आफू पक्षका नेताहरू दायाँबायाँ नहुन् भन्ने उद्देश्यले उनीहरूलाई एकत्रित गरेर राख्न एकान्तवास लगिएको हो ।

स्रोतअनुसार उनीहरूका लागि सोमबार करिब ५० बेड बुकिङ गरिएको छ । त्यहाँ नेपाल निकट केन्द्रीय सदस्य र सांसदहरू छन् ।

सोमबार ओली र तेस्रो धारका नेताहरूबीच पार्टी एकता गरेर अघि बढ्ने गरी बालकोटमा सहमति भएको थियो । उनीहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।

तेस्रो धारका नेताहरूले आफू पक्षकालाई प्रभावित पार्न सक्नेसमेत भएकाले नेपालले उनीहरूलाई आफ्नो पक्षबाट दायाँबायाँ हुन नदिन रिसोर्टमा पुर्‍याएका हुन् ।

‘कुन–कुन तहका नेताहरू छन् भन्ने हामीले यकिन गर्न सक्दैनौं,’ स्रोतले भन्यो, ‘तर ४० देखि ५० जनाका लागि सोमबार राति बस्नेगरी बुकिङ भएको छ ।’

बुधबार सनाखत हुने भएकाले मंगलबार पनि त्यहीँ बस्ने सम्भावना रहेको स्रोतले बतायो । इकान्तिपुरबाट


#चन्द्रागिरी रिसोर्ट #माधवकुमार नेपाल

प्रतिकृया दिनुहोस