२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

- विशेष खबर सोमबार ०७, भदौ २०७८ ०५:२६

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र विपक्षमा शून्य मत परेको छ । त्यस्तै एक मत भने तटस्थ देखिएको छ ।

सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

प्रदेशसभाका ८० सांसदमध्ये सोमबार मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा ४३ जनाले मतदान गरेका थिए ।

मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक भने प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको थियो । त्यसैले विपक्षमा मत नपरेको हो ।

माओवादी केन्द्र संसदीय दलका नेता केसी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।


#लुम्बिनी प्रदेश #मुख्यमन्त्री

प्रतिकृया दिनुहोस