२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

लुम्बीनीका मुख्यमन्त्री केसी विश्वासको मत लिदै

- विशेष खबर सोमबार ०७, भदौ २०७८ ०३:१८

लुम्बीनीका मुख्यमन्त्री केसी विश्वासको मत लिदै

बुटवल। लुम्बीनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबारै विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले दिउँसो साढे दुई बजे कार्यसूची प्रकाशित गर्दै मुख्यमन्त्री केसीले विश्वासको मत लिने उल्लेख गरेको छ ।

केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

एमालेले सोमबार पनि सभामुख पूर्णबहादुर घर्तीलाई पत्र दिँदै कारबाही नभएसम्म बैठक अवरुद्ध गर्ने जानकारी दिएको थियो ।

प्रतिपक्षको निरन्तर अवरोधकैबीच बल प्रयोग गरेरै मुख्यमन्त्री केसीले विश्वासको मत लिने तयारीमा गरिएको छ ।


#लुम्बीनी प्रदेश #मुख्यमन्त्री #विश्वासको मत

प्रतिकृया दिनुहोस