२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

अब माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी)

- विशेष खबर शुक्रबार ०४, भदौ २०७८ ०२:३७

अब माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी)

काठमाडौं । एमालेबाट विभाजित भएको माधवकुमार नेपाल समूहको पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरिएको छ ।

नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको थियो ।

तर, अर्को दलसंँग मिल्दो नाम राख्न नमिल्ने भएपछि राजेन्द्र पाण्डेलगायतका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ नाम नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार पार्टीको नयाँ नामको निवदेन आइसकेको छ । पार्टी दर्ताको प्रक्रिया पूरा भएपछि यसबारेमा आयोगले अन्तिम निर्णय दिनेछ ।  

गत फागुन २३ गते तत्कालीन नेकपाको नाम सम्बन्धी विवादमा अदालतले मिल्दोजुल्दो नाम राख्न नमिल्ने खालको फैसला गरेको थियो । त्यसैकारण तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपालाई अदालतले नयाँ नाम तय गर्न भनेको थियो । तर, नेकपाले नयाँ नाम नदिएर एमाले र माओवादी केन्द्र पुरानै दलको रुपमा ब्यूँतिएका थिए ।


प्रतिकृया दिनुहोस