२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

विकास माग्दै सुदूरपश्चिमका जनप्रतिनिधिले दिए प्रधानमन्त्रीलाई ज्ञापन

- विशेष खबर शुक्रबार ०४, भदौ २०७८ ०२:२३

विकास माग्दै सुदूरपश्चिमका जनप्रतिनिधिले दिए प्रधानमन्त्रीलाई ज्ञापन

 काठमाडाैं । सुदूरपश्चिमका नेपाली कांग्रेसका जनप्रतिनिधिहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँद नेतृत्वको टोलीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई सुदूरपश्चिमका विकासका सन्दर्भमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्रमा डडेल्धुरा स्वास्थ विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) स्थापना, पश्चिम सेती जलविद्युत आयोजनाको कार्य प्रारम्भ र धनगढी एयरपोर्ट स्तराेन्नतिलगायतका माग गरिएकाे छ ।  

टोलीले प्रधानमन्त्रीसँग अत्तरिया-डडेलधुरा भीमदत्त राजमार्ग, स्याउले-सिलगढी केआइसिंह राजमार्ग, डडेलधुरा-गोठलापानी दशरथचन्द राजमार्ग, खोड्पे-चैनपुर जयपृथ्वी राजमार्ग, सतबाँझ-दार्चुला खलंगा सडक र सिलगढी-अछाम मंगलसेन सडकको स्तराेन्नतिलगायतका बिभिन्र माग राखेकाे छन् ।


प्रतिकृया दिनुहोस