२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

माधव नेपालसहित १४ सांसदको पद खारेज गर्न एमालेले संसद् सचिवालयलाई पत्र पठायाे

- विशेष खबर मङ्गलबार ०१, भदौ २०७८ ०९:५७

माधव नेपालसहित १४ सांसदको पद खारेज गर्न एमालेले संसद् सचिवालयलाई  पत्र पठायाे

काठमाडौँ । एमालेले माधव नेपालसहित १४ जना सांसदहरुको पद खारेज गर्न संसद् सचिवालयलाई पत्र पठाएको छ ।

पार्टी निर्देशन, अनुशासन उल्लंघन गरेको तथा पार्टी विभाजन गर्न खाेजेकाे भन्दै सांसद पदबाट हटाउन मंगलबार सचिवालयलाई पत्राचार गरेको हो ।

माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई सांसद पदबाट हटाउन भन्दै पत्र आएको संसद् सचिवालय स्रोतले जनाएकाे छ।


प्रतिकृया दिनुहोस