२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

चम्पावतका पवनदीपले जिते इन्डियन आइडलको उपाधि

- विशेष खबर सोमबार ३२, साउन २०७८ ०८:१०

चम्पावतका पवनदीपले जिते इन्डियन आइडलको उपाधि

काठमाडाैं । गायन रियालिटी शो इन्डियन आइडलको १२ औं संस्करणको उपाधि पवनदीप राजनले जितेका छन्।

आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले बाजी मारेका हुन् ।

उनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै अवार्ड उचालेका हुन्।

२४ वर्षीय पवनदीप राजन भारतको उत्तराखन्डको चम्पावत जिल्लाका हुन्। गायनमा मात्र नभएर उनी वाद्यवाधनमा पनि पोख्त छन्। उनी गितार, ढोलक, तबेला, हार्मोनियम, पियानो, ड्रमलगायत धेरै किसिमका बाजा बजाउँछन्।


प्रतिकृया दिनुहोस