२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

लुम्बिनीमा सरकारकाे दाबी गर्दै गठबन्धनले बुझायाे ४२ सांसदको हस्ताक्षर

- विशेष खबर बिहिबार २८, साउन २०७८ १२:१२

लुम्बिनीमा सरकारकाे दाबी गर्दै  गठबन्धनले बुझायाे ४२ सांसदको हस्ताक्षर

बुटवल । लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ ।

माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।

गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन् । उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् । सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए ।

अल्पमतमा परेपछि एमाले नेता शंकर पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।


#लुम्बिनी प्रदेश #अमिक शेरचन

प्रतिकृया दिनुहोस