२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

मुख्यमन्त्रीका लागि २२ घण्टाभित्र दाबी गर्न लुम्बिनी प्रदेश प्रमुखको आह्वान

- विशेष खबर बुधबार २७, साउन २०७८ ०५:३९

मुख्यमन्त्रीका लागि २२ घण्टाभित्र दाबी गर्न लुम्बिनी प्रदेश प्रमुखको आह्वान

काठमाडाैं । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीको नेतृत्वका लागि दाबी गर्न समय दिएका छन् । मुख्यमन्त्रीबाट शंकर पोखरेलले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीमा दाबी गर्नका लागि दलहरूलाई प्रदेश प्रमुख शेरचनले बुधबार आह्वान गरेका हुन् । 

प्रदेशको मुख्यमन्त्रीका लागि आह्वान गरिएको सम्बन्धमा प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २०७८ साउन २८ गते बिहीबार अपराह्न ३ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आह्वान गर्नुभएको छ ।'

मुख्यमन्त्रीबाट पोखरेलले बुधबार राजीनामा दिएका थिए । उक्त राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शेरचनले नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रियाअघि बढाएका हुन् ।


#लुम्बिनी प्रदेश #मुख्यमन्त्री

प्रतिकृया दिनुहोस