२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

- विशेष खबर बुधबार २७, साउन २०७८ ०३:२६

रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

काठमाडाैं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरूप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । 

१३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको भट्टराईले बुधबार महाप्रबन्धक पदबाट राजीनामा दिएका हुन्।  शेरबहादुर देउवा नेतृत्वको सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टीकरण सोधेको थियो। 

पदीय जिम्मेवारीभन्दा बाहिरका असान्दर्भिक विषय जोडेर नागरिकको प्रदत्त मौलिक हक, वाक स्वतन्त्रता कुन्ठित गर्ने ढंगले सरकारमा सामेल गठबन्धनभित्रका राजनीतिक दल र गुट विशेषका नेताहरूको आदेश तथा निर्देशनमा आफूलाई सफाइ पेस गर्न पत्र पठाइएकाले आफूले राजीनामा दिएको उनले सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख गरेका छन्।

हेर्नुहाेस् भट्टराईको राजीनामा पत्र :


#राजीनामा #नेपाल रेल्वे कम्पनी

प्रतिकृया दिनुहोस