२०८२ पुष २७ गते आइतबार | 11 January, 2026

५ दिनभित्र क्रियाशील सदस्यता विवाद टुंग्याउने कांग्रेसको निर्णय

- विशेष खबर शुक्रबार १५, साउन २०७८ ०६:५५

५ दिनभित्र क्रियाशील सदस्यता विवाद टुंग्याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुंग्याउन नसकेको विषयहरुलाई पार्टीका शीर्ष नेताहरुले पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको हो ।

विवादित विषयहरुलाई पाँच दिनभित्र शीर्ष नेताले टुंग्याएपछि महाधिवेशनका बाँकी प्रक्रिया प्रारम्भ हुने नेता रमेश लेखकले जानकारी दिए ।

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ गते नै प्रतिवेदन बुझाइसकेको छ ।

कांग्रेसमा अन्य पार्टीबाट नेपाली कांग्रेसमा समायोजन भएकाहरुको, धनुषा क्षेत्र ४, सर्लाही क्षेत्र २ का साथै बारा र सप्तरीका नयाँ क्रियाशील सदस्यहरुको बारे पार्टी नेतृत्वले टुंग्याउनुपर्ने नेता लेखकले जानकारी दिए ।


प्रतिकृया दिनुहोस