२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

जसपाको महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

- विशेष खबर आइतबार ०३, साउन २०७८ ०६:१९

जसपाको महन्थ ठाकुर पक्षले पनि  देउवालाई विश्वासको मत दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए ।

त्यसलगत्तै बसेको बैठकले देउवालाई मत दिने निर्णय गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । 'पहिला पत्र लेख्नुभयो। त्यसपछि हाम्रो जति माग छ पूरा गर्छौँ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो', अरगरियाले भने, 'संसदमा बोल्ने बेलामा पनि माग पूरा गर्छौँ भनेर राख्छु भन्नुभयो। अनि हामीले दलको बैठक बसेर निर्णय गर्‍यौँ।' 

अरगरियाका अनुसार प्रधानमन्त्रीले ठाकुरसँगै राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झासँग छलफल गरेका थिए। 

प्रधानमन्त्री देउवाले आज प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दैछन् । अहिले केहीबेरमा बैठक सुरू हुनेछ। उक्त बैठकमा प्रधानमन्त्री देउवाले रोष्टमबाट जसपाका माग पूरा गर्ने प्रतिवद्धता गर्ने उनले बताए ।

जसपाको उपेन्द्र यादव पक्षले भने प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिने बताइसकेको छ।


#जनता समाजवादी पार्टी

प्रतिकृया दिनुहोस