२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

ललिता निवास जग्गा प्रकरण : १० लाख धरौटीमा रिहा भए विजय गच्छदार

- विशेष खबर बुधबार ३०, असार २०७८ ०७:०३

ललिता निवास जग्गा प्रकरण : १० लाख धरौटीमा रिहा भए विजय गच्छदार

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । 

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू ​अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गरेको प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

ललिता निवासको जग्गाको मुद्दा लागेपछि फरार रहेका गच्छदार बुधबार विशेष अदालतमा उपस्थित भएका थिए । गच्छदार बुधबार बिहान १० बजे उपस्थित भएपछि चार घण्टासम्म उनको बयान लिइएको थियो । उनको बयान सकिएपछि साढे २ बजेदेखि थुनछेक बहस सुरु भएको थियो ।

२२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अहिलेसम्म केही आरोपितहरु विशेष अदालतमा उपस्थित भएर धरौटी वा तारिखमा छुटेका छन् भने केही थुनामा छन् ।


#ललिता निवास जग्गा प्रकरण #विजयकुमार गच्छदार

प्रतिकृया दिनुहोस