२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

कांग्रेस बाेलायाे केन्द्रीय समिति बैठक

बुधबार १०, बैशाख २०७७ ०९:०२

कांग्रेस बाेलायाे केन्द्रीय समिति बैठक

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही वैशाख १७ गते दिउँसोे १ बजे बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले सोमबार जारी गरेको अध्यादेश र कोरोना भाइरस सङ्क्रमण रोकथामका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले सोही विषयमा छलफल गरेको थियो ।


#काँग्रेस

प्रतिकृया दिनुहोस