आइतबार २०, असार २०७८ १०:५९
काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन साउन २५ देखि हुने भएको छ ।
केन्द्रीय समितिको सर्वसम्मतिले विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख सूर्य थापाले जानकारी दिए ।
विधान महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखनका लागि अध्यक्ष ओलीको नेतृत्वमा कमिटी गठन भएको हो । विधान महाधिवेशन व्यवस्थापनका निम्ति रामबहादुर थापाको नेतृत्वमा समिति गठन भएको थापाले बताए ।
संगठनात्मक प्रतिवेदन लेख्नका लागि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन भएको छ ।
आगामी भदौ ५ गते वडा तहको अधिवेशन र भदौ १५ गते पालिकास्तरको अधिवेशन गर्ने निर्णय भएको पनि उनले बताए ।
शुक्रबार सुरु भएको केन्द्रीय कमिटी बैठक शनिबार सकिएको हाे ।
प्रतिकृया दिनुहोस