२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

कांग्रेस पदाधिकारी बैठक भाेलि बस्दै, क्रियाशील सदस्यता विवाद टुंगाे लागाइने

बिहिबार १७, असार २०७८ ०९:४६

कांग्रेस पदाधिकारी बैठक भाेलि बस्दै, क्रियाशील सदस्यता विवाद टुंगाे लागाइने

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार बस्ने भएको छ । आवश्यक तयारी नपुगेको जनाउँदै  बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । 

कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ । कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेलले शुक्रबार अपराह्न २ बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने जानकारी दिए ।

बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको छ । 

छानबिन समितिका अनुसार पार्टीमा हालसम्म आठ लाख ३० हजारभन्दा बढी सदस्यता प्रवेश भएको  छ । कांग्रेसमा १४औँ महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको छ । पार्टीले क्रियाशील सदस्यता छानबिन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरेको छ । 


प्रतिकृया दिनुहोस