२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

खनाल–नेपाल समूह केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

बिहिबार १७, असार २०७८ ०९:३३

खनाल–नेपाल समूह केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

काठमाडाैं । नेकपा एमालेले बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ ।

बिहीबार खनाल नेपाल समूहको बुद्धनगरमा बसेको बैठकले यथास्थितिमा बैठकमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिए ।

एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरी शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको  समूहले अहिलेको स्थितिमा बैठकमा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो ।


प्रतिकृया दिनुहोस