२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता, चुनाव चिन्ह कलम

बिहिबार १०, असार २०७८ ०९:५०

जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता, चुनाव चिन्ह कलम

काठमाडौँ । निर्वाचन आयोगमा नेकपा (एकीकृत) दर्ता भएको छ । एमालेको माधवकुमार नेपाल समूह निकट नेता जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता भएको हो । 

आयोगको ३० जेठमा बसेको बैठकको निर्णय अनुसार बुधबार राईले दल दर्ताको प्रमाणपत्र बुझेका छन् ।

राईका अनुसार नेकपा (एकीकृत)को चुनाव चिन्ह कलम रहेको छ । उनले वैशाख ७ गते दल दर्ताको निवेदन दिएका थिए ।

यद्यपि राईले नेताहरुको सल्लाहमा नभई आफ्नो हिसाबले दल दर्ता गरेको दाबी गरे । ‘नेताहरुसँगको सल्लाहमा दल दर्ता भएको हैन । यसबारे उहाँहरुलाई जानकारी थिएन । दर्ता भईसकेपछि उहाँहरुले पनि थाहा पाउनु भयो होला,’ उनले भने ।

राईका अनुसार नेकपा (एकीकृत) को उपाध्यक्ष कल्पना गुरुङ र महासचिव विनोद खुलाल रहेका छन् ।


प्रतिकृया दिनुहोस