२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

कांग्रेस केन्द्रीय सदस्य बडूद्वारा स्वास्थ्य सामग्री सहयाेग

- विशेष खबर बुधबार ०२, असार २०७८ ०९:२०

कांग्रेस केन्द्रीय सदस्य बडूद्वारा स्वास्थ्य सामग्री सहयाेग

दार्चुला । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले खरिद गरी पठाएका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय दार्चुलालाई हस्तान्तरण गरिएको छ ।

जिल्लावासीको जीउधनको सुरक्षा र स्वास्थ्य कार्यालयलाई सहयोग पुगोस् भन्ने हेतुले स्वास्थ्य सामग्री खरिद गरी बुधवार एक कार्यक्रमका बीच कांग्रेस दार्चुलाका सचिव गाेबर्द्धन काेलीले हस्तान्तरण गरेका हुन् ।

कोरोनाको महामारी फैलिरहेका बेला देशभर स्वास्थ्य सामग्री अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै केन्द्रिय सदस्य बडूले स्वास्थ्य कार्यालयलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् । 

केन्द्रिय सदस्य बडूले स्वास्थ्य कार्यालयमार्फत जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्य संस्थामा पुग्ने गरी स्वास्थ्य सामग्री वितरण गर्न समेत आग्रह गरेका छन् । उक्त सामग्री कांग्रेस जिल्ला सचिव काेलीले महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टकाे उपस्थितिमा स्वास्थ्य कार्यालय प्रमुख जयराज भट्ट र जिल्ला अस्पताल प्रमुख डाक्टर आदर्श लिम्बुलाई हस्तान्तरण गरेका थिए ।

केन्द्रिय सदस्य बडूले जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पताल दार्चुलालाई १÷१ थान अक्सीजन कन्सन्टे«टर उपलब्ध गराएका छन् । यस्तै स्वास्थ्य कार्यालय दार्चुलालाई ३५ हजार थान मास्क, ७० थान गगल फेस सिल्ड, ५० थान फुल कभर फेस सिल्ड, ७० लिटर सेनिटाइजर, ३५ थान पल्स अक्सीमिटर, ९ थान ज्वरो नाप्ने थर्मल गन, ३५ थान पिपिई सेट र २ हजार थान ग्लोब्ज हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य कार्यालय प्रमुख भट्टले कोरोना महामारीका बेला स्वास्थ्य सामग्री सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

यसैबीच केन्द्रिय सदस्य बडूले धनगढीको हरिप्रिया प्रकाश फाउन्डेशनसँग १ सय वटा अक्सिजन सिलिण्डर रिफिलिङ्गका लागि सम्झौता गरेका छन् । उनले स्वास्थ्य कार्यालय दार्चुला, स्वास्थ्य कार्यालयले तोकेका सरकारी वा निजि स्वास्थ्य संस्था, नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुला र केन्द्रीय सदस्य बडूको सचिवालयबाट सिफारिस भई आएका खाली अक्सिजन सिलिन्डरलाई रिफिलिङ्ग गर्नका लागि सम्झौता गरेका हुन् ।  


प्रतिकृया दिनुहोस