२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

गण्डकीमा दीपक मनाङेसहित चार जना विना विभागीय मन्त्री

आइतबार ३०, जेठ २०७८ ०७:२६

गण्डकीमा दीपक मनाङेसहित चार जना विना विभागीय मन्त्री

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पाेख्रेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर उनले शनिबारनै पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् ।

पाेख्रेलकाे दल नेपाली कांग्रेसबाट कुमार खड्का मन्त्री बनेका छन् भने माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टी (जसपा)बाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङे मन्त्री बनेका छन् । चारैजना मन्त्री विना विभागीय हुन् ।

मुख्यमन्त्री पाेख्रेल र मन्त्रीहरुले प्रदेश प्रमुख सीता पौडेलसामु शनिबार राति पद तथा गोपनीयताको सपथ लिएका थिए ।


प्रतिकृया दिनुहोस