२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

महाधिवेशनबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

शनिबार २९, जेठ २०७८ १०:४९

महाधिवेशनबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक शनिबार बुढानीलकण्ठमा बस्दैछ । दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

संवैधानिक व्यवस्था अनुसार आगामी भदौसम्ममा पार्टीको १४औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने अवस्था भए पनि कोरोना महामारीका कारण कार्यतालिका प्रभावित हुने भएपछि सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको नेपाली काँग्रेसले जनाएको छ ।

पूर्व निर्धारित कार्यतालिकाअनुसार असारमा वडा तहको अधिवेशन सुरु गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो समेत नलागिसकेको अवस्थामा कार्यतालिका अनुसार महाधिवेशन गर्न कठिन देखिएको छ ।


प्रतिकृया दिनुहोस