२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै

शुक्रबार २८, जेठ २०७८ ०९:४७

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव‌ कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुटेका सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका छन् ।

दिउँसो २ बजे संसद भवनमा बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । 

जेठ ८ मा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन यस अघि पूर्वसभामुखहरु, कानुन व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए ।  


प्रतिकृया दिनुहोस