२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

ओलीको प्रस्तावबारे छलफल गर्न खनाल-नेपाल पक्षको बैठक बस्दै

- विशेष खबर सोमबार २४, जेठ २०७८ ०९:०५

ओलीको प्रस्तावबारे छलफल गर्न खनाल-नेपाल पक्षको बैठक बस्दै

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेका प्रस्तावबारे छलफल गर्न झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू छलफल गर्न लागेका छन्।

 सोमबार भर्चुअल रूपमा छलफल गर्न लागेकाे नेपाल पक्षका एक नेताले बताए।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी एकताका लागि भन्दै आइतबार बेलुकी ६ बुँदे प्रस्ताव राखेका थिए। त्यसमा आफू २०७५ जेठ ३ कै संरचनाअनुसार पार्टी सञ्चालन गर्न तयार रहेको तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिइनुपर्नेलगायतका बुँदा छन्।

ओलीले प्रस्ताव राखेको सार्वजनिक भएपछि खनाल-नेपाल पक्षका नेता योगेश भट्टराईले सकरात्मक भन्दै प्रतिक्रिया दिएका थिए भने रामकुमारी झाँक्रीले सर्तसहित आएका प्रस्ताव फन्डा मात्रै हुन सक्ने बताएकी छन्। नेता घनश्याम भुसालले छलफल गरेपछि मात्रै सामूहिक रूपमा धारणा सार्वजनिक गर्ने बताएका थिए।


प्रतिकृया दिनुहोस