२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

ओलीकाे प्रस्ताव : एमाले २०७५ जेठ ३ पूर्व फर्काउने तर देउवा प्रधानमन्त्री बनाउने प्रस्तावबाट हस्ताक्षर फिर्ता हुनुपर्ने

- विशेष खबर आइतबार २३, जेठ २०७८ ११:५०

ओलीकाे प्रस्ताव : एमाले २०७५  जेठ ३ पूर्व फर्काउने तर देउवा प्रधानमन्त्री बनाउने प्रस्तावबाट हस्ताक्षर फिर्ता  हुनुपर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् ।

आइतबार पार्टी एकता रक्षा एवं सुदृढ गर्न ६ बुँदे प्रस्तावसहितको आह्वान गर्दै उनले माधवकुमार नेपाल पक्षलाई फकाउने प्रयास गरेका छन्। 

पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै उनले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने प्रस्ताव गरेका छन् ।

एमालेलाई सुदृढ गरेर मात्र कम्युनिस्ट आन्दोलनलाई बलियो र एकतावद्ध बनाउन सकिने भए पनि पार्टीको आन्तरिक जीवनमा समस्याहरु देखा परेको उनले बताएका छन् । पार्टीमा देखिएका समस्या समाधान हुन नसक्ने कारण नभएको भन्दै उनले एक ठाउँमा उभिनुपर्ने र सबैले एकताको लक्ष्य राखेर सकारात्मक योगदान गर्नुपर्ने जोड दिएका छन् । उनले पार्टीको समस्या समाधानका लागि ६ बुँदे प्रस्ताव समेत अघि सारेका छन् ।

यसअघि नेपाल समूहको स्थायी कमिटी बैठकले एकता वार्तालाई अध्यक्ष ओलीले दाउपेचका रुपमा मात्र लिएको आरोप लगाएको थियो । 


प्रतिकृया दिनुहोस