२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

मङ्गलबार १८, जेठ २०७८ ०५:५३

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको मंगलबार अपरान्ह निधन भएको हो ।

विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक ४४ वर्षीय उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा  निधन भएको विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले बताए ।

कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो ।


प्रतिकृया दिनुहोस