२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

एमाले स्थायी कमिटी बैठक फेरि सर्यो

सोमबार १७, जेठ २०७८ ०९:५८

एमाले स्थायी कमिटी बैठक फेरि सर्यो
फाइल तस्बिर

काठमाडाैं । नेकपा एमाले स्थायी कमिटी बैठक फेरि सरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार बिहान १० बजे बोलाइएको बैठक भोलि बिहान ११ बजे मात्र बस्ने भएको हो ।
 
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको जानकारी दिए । आज लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन पनि हुँदैछ । 

यसअघि आइतबार साँझ ५ बजे तय गरिएको बैठक आज बिहान १० बजेका लागि सारिएको थियो ।

बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८÷०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ । 


प्रतिकृया दिनुहोस