२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

कांग्रेसद्वारा थप १६ जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक

आइतबार १६, जेठ २०७८ १०:४४

कांग्रेसद्वारा थप १६ जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक

काठमाडाैं । नेपाली कांग्रेसले थप १६ जिल्लाका क्रियाशील र नवीकरण गरिएका सदस्यको विवरण वेवसाइटमार्फत् सार्वजनिक गरेको छ।

यसअघि कांग्रेसले ४५ जिल्लाका ८० स्थानबाट अपलोड भएका क्रियाशील सदस्यताको विवरण वेवसाइटबाट सार्वजनिक गरेको थियो।

केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालका अनुसार पार्टीको वेवसाइट  www.nepalicongress.org  मा क्रियाशीलको विवरण सार्वजनिक भएको छ।

सार्वजनिक भएका नामका उपर कुनै उजुरी वा गुनासा भएमा [email protected] मा लिखित उजुरी दिन सकिने कांग्रेसले जनाएको छ। कांग्रेसले १४ औं महाधिवेशन भदौमा गर्ने बताएको छ । 


प्रतिकृया दिनुहोस