२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

सुदूरपश्चिमका पूर्वप्रदेशप्रमुख मल्लको निधन

- रासस बिहिबार १३, जेठ २०७८ १०:१६

सुदूरपश्चिमका पूर्वप्रदेशप्रमुख मल्लको निधन

धनगढी। सुदूरपश्चिमका पूर्वप्रदेशप्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा बिहीबार बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए । 

चार दशकभन्दा बढी समयदेखि कैलालीमा बसेर राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्यसमेत भएका थिए ।

पहिले राप्रपाको राजनीति गरेका उनी २०७० सालको दोस्रो संविधानसभाअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त भएका मल्लले ८ गते शपथ लिएका थिए । उनका एक छोरा र एक छोरी छन् ।


प्रतिकृया दिनुहोस