२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी

आइतबार ०९, जेठ २०७८ ०५:३१

राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिएको उल्लेख गरिएको छ । 

केही दिनअघि नै सरकारले राष्ट्रपति कार्यालय पठाएको अध्यादेश राष्ट्रपतिले आइतबार जारी गरेकी हुन् ।

 


प्रतिकृया दिनुहोस