२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन

शुक्रबार ०७, जेठ २०७८ ०१:११

संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन

काठमाडौं । काठमाडौँ — सरकारले संविधान संशोधनका लागि गृहकार्य गर्न कार्यदल गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको गृहकार्य गठन गर्नका लागि ५ सदस्यीय कार्यदल गठन गरेको हो । 

शुक्रबार जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पत्रकारहरूसँग कुरा गर्दै सरकारले आफूहरुको माग सम्बोधन गर्ने क्रममा कार्यदल गठन र नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको बताएका हुन् । नागरिकतासम्बन्धी अध्यादेशबारे भने सरकारका तर्फबाट केही भनाइ आएको छैन ।

जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल कार्यदलमा रहेको छन् ।

जसपाले लामो समयदेखि राज्य पुन:संरचना, समावेशिता र नागरिकतासम्बन्धी ऐन संशोधन हुनुपर्ने माग राख्दै आएको छ ।


प्रतिकृया दिनुहोस