२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

एमाले विवाद हल गर्न १० सदस्यीय कार्यदल गठन

आइतबार ०२, जेठ २०७८ ०३:३७

एमाले विवाद हल गर्न १० सदस्यीय कार्यदल गठन

काठमाडौँ । नेकपा एमालेको विवाद हल गर्न १० सदस्यीय कार्यदल गठन भएको छ ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्तामा कार्यदल बनाउने सहमति जुटेको हो ।

कार्यदलमा ओलीको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।


प्रतिकृया दिनुहोस