२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

ओली र नेपालबीच भेटवार्ता

आइतबार ०२, जेठ २०७८ ०३:१८

ओली र नेपालबीच भेटवार्ता

काठमाडाैं । दलभित्रको विवादको समाधान आपसी छलफलबाट निकाल्ने क्रममा नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र  नेता माधवकुमार नेपालबीच आज सिंहदरबारमा भेटवार्ता शुरु भएको छ ।

नेकपा माओवादी केन्द्रसँगको एकता (२०७५ जेठ ३) पूर्वका अवस्थामा दलका सङ्गठन र संरचनालाई सञ्चालन गर्नुपर्ने नेता नेपाल पक्षको अडानलाई कसरी सम्बोधन गर्न भन्ने विषयमा शीर्ष नेता र दोस्रो तहका नेताबीच पछिल्ला दिनमा छलफल हुँदै आएको छ ।

अध्यक्ष ओली र नेपालले कार्यदल गठन गरी विवाद समाधानको उपाय निकाल्ने तयारी गर्दै आएका छन् ।


प्रतिकृया दिनुहोस