२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

प्रधानमन्त्री पदका लागि कसैको दाबी आएन : राष्ट्रपति कार्यालय

बिहिबार ३०, बैशाख २०७८ ०९:५१

प्रधानमन्त्री पदका लागि कसैको दाबी आएन : राष्ट्रपति कार्यालय

काठमाडौं । राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको बताएका छन् ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकी पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि बिहीबार राति ९ बजेसम्मकाे समय दिएर आह्वान गरेकी थिइन् ।


प्रतिकृया दिनुहोस