२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

ओली र नेपालबीच बुढानिलकण्ठमा वार्ता

बिहिबार ३०, बैशाख २०७८ ०२:३७

ओली र नेपालबीच बुढानिलकण्ठमा वार्ता

काठमाडौँ । एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र असन्तुष्ट बरिष्ठ नेता माधव नेपालबीच बुढानिलकण्ठमा भेटवार्ता सुरु भएको छ ।

बिहीबार बिहान एमालेको स्थायी कमिटीले नेपाल सहित उनको समूहका ४ जना नेताको कारबाही फिर्ता लिएको थियो । बैठकबाटै ओलीले नेपाललाई फोन गरेका थिए ।

राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा आजै समाप्त हुँदैछ । त्यसअघि नै ओलीले नेपालसँग वार्ता गरेका हुन् ।

संसदमा ओलीले विश्वासको मत लिने प्रस्ताव गर्दा नेपाल समूहका २८ सांसद अनुपस्थित भएका थिए । नेपाल पक्षका सांसदले संसदबाट राजीनामा दिन परामर्श गरिरहेका बेला ओली-नेपाल वार्ता भएको हो ।


प्रतिकृया दिनुहोस