२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा

बिहिबार ३०, बैशाख २०७८ १२:१४

माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा

काठमाडाैं । नेकपा एमालेले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेमाथिको कारवाही फुकुवा गरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

 

गत चैतमा स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नदिएको जनाई ती नेतालाई एमालेले छ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो ।

 

उनका अनुसार बैठकले पार्टी एकताबद्ध बनाउने अधिकार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।


प्रतिकृया दिनुहोस