२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

प्रधानमन्त्री ओलीले पाएनन् विश्‍वासकाे मत

सोमबार २७, बैशाख २०७८ ०६:२०

प्रधानमन्त्री ओलीले पाएनन् विश्‍वासकाे मत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्‍वास गुमाएका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको छ ।

ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए ।

विपक्षमा १२४ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव-बाबुराम भट्टराई) समूहका सांसदले मत दिएका छन् ।

एमालेका झलनाथ खनाल-माधवकुमार नेपाल समूहका २७ सांसद अनुपस्थित रहेका छन् । आजको मतदानमा जम्मा २ सय ३२ जना सांसद सहभागि थिए । तटस्थ १५ मत परेका थिए । 


प्रतिकृया दिनुहोस