२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

संसद्‍काे मतदानमा अनुपस्थित हुने खनाल-नेपाल पक्षका सांसदहरूको निर्णय

सोमबार २७, बैशाख २०७८ ११:४४

संसद्‍काे मतदानमा अनुपस्थित हुने खनाल-नेपाल पक्षका सांसदहरूको निर्णय

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल- झलनाथ खनाल पक्षले सरकारलाई विश्वासको मतका लागि दिउसो हुने मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले यस्तो निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । तर, त्यसअघि बसेको नेपाल पक्षका सांसदहरुको बैठकले संसदमा अनुपस्थिति हुने निर्णय लिएको हो । सांसदहरुको बैठकपछि सिंहदरबारमा नै बसेको समूहको स्थायी कमिटीले अनुपस्थित रहने निर्णय गरेको हो 

सांसदहरुको बैठकमा सांसदहरुले आफ्ना धारणा राख्नेक्रममा केही सांसदले राजीनामा दिनुपर्ने र केहीले राजीनामा नदिएर बीचको बाटो खोज्न सुझाव दिएको बताए ।

उनले आफूहरुले सामूहिक राजीनामा दिने विषयमा पनि छलफल गरेको तर अहिलेलाई अनुपस्थित हुँदा पुग्ने निष्कर्षमा पुगेको पनि बताए ।


प्रतिकृया दिनुहोस