आइतबार २६, बैशाख २०७८ ०९:४६
काठमाडौँ। पूर्वसचिव माधव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस भएका छन् । आइतबारको संवैधानिक परिषद्को बैठकले रेग्मीकाे नाम सिफारिस गरेकाे हाे ।
रेग्मी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाइ हुन् । संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकमा खाली रहेका सबै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको छ ।
प्रतिकृया दिनुहोस