२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

२६ जना संघीय सांसदमा काेराेना, यी हुन् संक्रमित सांसद

शनिबार २५, बैशाख २०७८ ०४:३८

२६ जना संघीय सांसदमा काेराेना, यी हुन् संक्रमित सांसद

काठमाडौं । संसद्‍को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वाब संकलन गरिएका मध्ये ११.९७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको संघीय संसद्‍ सचिवालयले जनाएको छ। 

वैशाख २२, २३ र २४ गते स्वाब संकलन गरिएका २०५ सांसद र एक हजार ३० कर्मचारी र अन्य गरेर अहिलेसम्म १२ सय ३४ जनाको रिपोर्ट प्राप्त भएको हो। 

संक्रमितमध्ये १९ जना सांसद छन्। जसमध्ये १८ जना प्रतिनिधिसभाका सदस्य हुन्। राष्ट्रिय सभाका एक सांसदमा मात्र संक्रमण देखिएको छ। 

संसद्‍ सचिवालयमा स्वाब संकलन गर्नुअघि नै ८ सांसद आइसोलेसनमा रहेकाले संक्रमित सांसदको कुल संख्या २६ पुगेको हाे।

संक्रमित १६० मध्ये १४१ जना सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र आईसीसी भवनका कर्मचारी रहेका छन्।  

सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाका ५४ सांसदको भने परीक्षण बाँकी नै छ। प्रतिनिधिसभाका २७१ मध्ये चारजना निलम्बित हुँदा सांसदको संख्या २६७ रहेको छ। 

कोरोना संक्रमणबाट संघीय संसद्‍ सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको मृत्यु भइसकेको छ। परीक्षण गरिएका मध्ये करिब १२ प्रतिशतमा संक्रमण पुष्टि भएपछि वैशाख २७ गतेका लागि बोलाइएको संसद्‍को विशेष अधिवेशन नै कोरोना संक्रमणको केन्द्र बन्ने हो कि भन्ने त्रास बढेको छ।

यी हुन् पोजेटिभ रिपोर्ट आएका २६ सांसद 

- झलनाथ खनाल 
- मुकुन्द न्यौपाने 
- मायादेवी न्यौपाने 
- पार्वती डिसी चौधरी 
- राजेन्द्रप्रसाद गौतम 
- नन्दलाल रोका क्षेत्री 
- लालबाबु पण्डित 
- लक्ष्मणलाल कर्ण 
- नरमाया ढकाल 
- महेश बस्नेत 
- रामबाबु यादव 
- गोपालबहादुर बम 
- नमीता कुमारी चौधरी 
- शान्तिमाया तामाङ 
- विना कुमारी श्रेष्ठ  
- रेनुका गुरुङ 
- जुलीकुमारी महतो 
- रघुवीर महासेठ 
- किसान श्रेष्ठ 
- सुरेश कुमार राई 
- पुष्पा कुमारी कर्ण कायस्थ 
- भानुभक्त ढकाल 
- बीना मगर 
- भरतकुमार शाह 
- प्रमोद शाह 
- दिपकप्रकाश भट्ट 


प्रतिकृया दिनुहोस