२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

कांग्रेस संसदीय दलको बैठक बस्दै

शनिबार २५, बैशाख २०७८ १०:०१

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको छ ।

 

सङ्घीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूचि रहेको संसदीय दलको कार्यालयले जनाएको छ ।

 

प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन् ।

 

कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको मङ्गलबार बसेको बैठकले प्रधानमन्त्री ओलीको विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो ।

 

संसदीय दलको बैठकमा पार्टीको सो निर्णयका सम्बधमा छलफल हुने र सभापति शेरबहादुर देउवाले पछिल्ला विभिन्न राजनीतिक दलका नेतासँग भएका भेटवार्ता बारेमा समेत जानकारी गराउने बताईएको छ ।

 


प्रतिकृया दिनुहोस