२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

सांसदको बजेट अधिवेशन बैशाख २७ गते बोलाउने मन्त्रीपरिषदको निर्णय

- विशेष खबर आइतबार १९, बैशाख २०७८ ०७:५२

सांसदको बजेट अधिवेशन  बैशाख २७ गते बोलाउने  मन्त्रीपरिषदको निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को बजेट अधिवेशन बैशाख २७ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय लिएको हो ।

बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेबारे मन्त्रिपरिषद् बैठकलाई जानकारी दिएको एक मन्त्रीले जानकारी दिए ।

'संघीय संसद्को आगामी अधिवेशन बैशाख २७ गते बोलाउन सिफारिस गर्ने निर्णय भएको छ । सोही दिन प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी गराउनुभएको छ,' ती मन्त्रीले भने ।

प्रतिनिधि सभाको हिउँदे अधिवेशन बैशाख ६ गते अन्त्य गरिएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते विघटित भएको थियो । सर्वोच्च अदालतले फागुन ११ गते प्रधानमन्त्रीको उक्त निर्णय खारेज गरेको थियो । राष्ट्रिय सभाको हिउँदे अधिवेशन भने गत पुस १७ गते बोलाएर २६ गते अन्त्य गरिएको थियो


#मन्त्रीपरिषद

प्रतिकृया दिनुहोस