२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

ओलीसँगको वार्तामा कुनै प्रगति भएकाे छैन : माधव नेपाल

- विशेष खबर बिहिबार ०९, बैशाख २०७८ ०५:०४

ओलीसँगको वार्तामा कुनै प्रगति भएकाे छैन : माधव नेपाल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा कुनै प्रगति नभएको नेकपा नेता माधवकुमार नेपालले बताएका छन् ।

बिहीबार होटल मेरियटमा बसेको दुवै नेताहरुबीचको छलफलपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिदै नेता नेपालले भने,' हिजोको छलफलमा केही आश लागेको थियो आज त्यो पनि बाँकी रहेन ।'

दुई नेताबीचको छलफलमा कुनै प्रगति नभएको नेता नेपालले बताए । उनले भने,' मिल्ने सम्भावना पनि देखिएको छैन । अब छलफल कहिले हुन्छ थाहा छैन ।'


#केपी शर्मा ओली #माधवकुमार नेपाल #एमाले

प्रतिकृया दिनुहोस