२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

गण्डकी  प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस

- विशेष खबर बिहिबार ०२, बैशाख २०७८ ०१:४०

गण्डकी  प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस

पोखरा । गण्डकी  प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका प्रदेश सांसदले बिहीबार अविश्वास प्रस्ताव पेस गरेका हुन् । प्रस्तावमा २८ सांसदको हस्ताक्षर छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास प्रस्ताव तयार पारिएको हो । गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् ।

तर, अविश्वास प्रस्ताव दर्ता हुने थाहा पाएपछि प्रदेशसभाको चालू अधिवेशन रातारात अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरेका हुन् ।

अविश्वास प्रस्ताव दर्तासँगै कांग्रेस, माओवादी, राजमो र जसपाका सांसदले अधिवेशन माग गर्दै प्रदेशप्रमुखसमक्ष समावेदन गर्ने वा नियमित अधिवेशन कुर्ने भन्नेबारे दलहरू छलफलमा छन् । प्रदेश अधिवेशन अन्त्य गरे पनि २५ प्रतिशत सांसदले माग गरे पुनः अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता छ ।

दलहरूले अविश्वास प्रस्ताव पेस गरेसँगै प्रदेशसभा सचिव हरिराज पोखरेल त्यसलाई कसरी अघि बढाउने भन्नेबारे सभामुख नेत्रनाथ अधिकारीलगायतसँग छलफलमा जुटेका छन् ।


#गण्डकी  प्रदेशसभा

प्रतिकृया दिनुहोस