२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक बस्दै

- विशेष खबर सोमबार ३०, चैत २०७७ १०:१९

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्ने छ ।

पार्टी महाधिवेशन र समसामयीक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा आगामी भदौमा तय भएको चौधौं महाधिवेशनबारे छलफल हुने उनले बताए ।

यसअघि २० चैतमा बसेको कांग्रेस बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आˆनै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय गरेको थियो ।

सोमबारको बैठकमा सभापति शेरबहादुर देउवाले सत्ता समीकरणको प्रयासमा भइरहेको प्रगतिबारे केन्द्रीय समितिलाई जानकारी गराउने तयारी गरेका छन् ।


प्रतिकृया दिनुहोस